काठमाडौं । नेपाल एसबीआई बैंकले पोखरा महानगरपालिका-३, नदीपुर, कास्कीस्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रूपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ, कास्कीलाई तीन लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको हो ।
सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख मीनबहादुर गरूङले संघका अध्यक्ष गोपाल धोजुलाई औपचारिक रूपमा हस्तान्तरण गरे ।
कार्यक्रममा लेफ्टिनेन्ट कर्नेल प्रशान्तसिंह बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरूको उपस्थिति थियो । बैंकले समयसमयमा शिक्षा क्षेत्रमा यस किसिमका कार्यक्रम गर्दै आएको छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS