काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ग्लोबल आइएमई बैंकले नाफा ४९.५१ प्रतिशतले बढेको छ ।
पुस मसान्तसम्म बैंकले ३ अर्ब ५ करोड नाफा आर्जन गरेको छ । गतवर्ष सोही अवधिमा २ अर्ब ४ करोड नाफा कमाएको थियो ।
बैंकको खराब कर्जा बढेर ४.८६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ४.६८ प्रतिशत थियो ।
३८ अर्ब ११ करोड चुक्ता पुँजी रहेको बैंकमा निक्षेप ५ खर्ब १३ अर्ब छ भने कर्जा ४ खर्ब ७ अर्ब छ ।
FACEBOOK COMMENTS