काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म एनआईसी एशिया बैंकले १५ करोड ५२ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा ९२ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँ थियो ।
बैंकको सञ्चालन नाफा ३४ करोड १९ लाख रुपैयाँ छ । जुन गत आवको सोही अवधिमा ३५ करोड ६१ लाख रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा २ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक छ ।
१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी २.०४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १९८.९२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.४७ प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS