काठमाडाैँ । साताको बुधबार दिन नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा आइपुगेको छ । नेप्से सूचक बढेसँगै कारोबार रकम पनि उच्च अंकले बढेको हो । सरकारले लगानीमैत्री अध्यादेश ल्याएपछि निजी क्षेत्रका ब्यवसायीहरु उत्साहित भएका छन् । यसले आम लगानीगत क्षेत्रमा प्रभावपारेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२२ कम्पनीको १७ करोड ६९ लाख कित्ता शेयर किनबेचहुँदा ९ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सिइडीबी होल्डडिङ, सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड रुपैयाँदेखि ६१ करोड ३६ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक,डोल्टी पावर कम्पनी,ग्रिन डेभलपमेन्ट बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र सुपरमादी हाइड्रो पावर कम्पनीको ८. १० प्रतिशत मूल्यसम्मको सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । उच्च अंकले घटेको बजारमा बराही हाइड्रो पावर, रिभरफल्स पावर, हिमालयन बैंक, वेन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २.८१ प्रतिशतदेखि ८.२१ प्रतिशतसम्मले घटेको छ ।
FACEBOOK COMMENTS