काठमाडौं, २१ जेठ – अखिल नेपाल राष्ट्रिय नाई मजदुर संघले लकडाउनका कारण हात मुख जोर्न समस्या भएको बताएको छ ।सेवामुखी नाई ब्यवसायमा संलग्न पेशाकर्मीहरुले ६९ औ दिनसम्म आईपुग्दा जेनतेन लकडाउन झेलेको उल्लेख गर्दै यथासिघ्र लकडाउन खोल्नुपर्ने माग राखेको छ । संघले जेठ १९ गते प्रेस विज्ञप्ती जारी गर्दै सो माग राखेको हो ।
संघद्वारा जारी विज्ञप्तीमा उपत्यकामा करिब दश हजार शैलुनहरु रहेको उल्लेख गर्दै प्रति शैलुन सरदर चार जनाले रोजगार विहिन बन्नु परिरहेको जनाएको छ । संघका अध्यक्ष नागेन्द्र ठाकुर बब्लु द्वारा हस्ताक्षरित विज्ञप्तीमा शैलुन संचालकले घर भाडाको समस्या झेल्दै आएको उल्लेख गरिएको छ । साथै, संघले कोभिडको कहरसँगसंगै रोजीरोटीको समस्या पनि गासिएकाले समस्या समाधानको लागि सरकारको ध्यानाकर्शण गर्न चाहेको बताएको छ ।
FACEBOOK COMMENTS