काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार १ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८ सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS