अन्जनराज न्यौपाने
तनहुँ, २३ जेठ- तनहुँका दुई जना पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक डा। विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार ,जिल्लाको ऋषिङ गाउँपालिका स्थित क्वारेन्टिनमा रहेका एक जना ३९ बर्षका र अर्का ४० वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो।
गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता समेत रहेका डा।शर्माले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोरोनाका संक्रमित दुई विरामीहरुलाई जिल्लाको शुक्लागण्डकी नगरपालिका स्थित जी।पी। कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसन कक्षमा राखिने भएको जानकारी दिए। यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ५६ पुगेको छ।