रामप्रसाद ढुंगाना, बेल्कोटगडी १ नुवाकोट
समग्र देशका युवायुवती ज्ञान आर्जन गरेर विज्ञानको खोज गर्दछन। ज्ञानले विज्ञान खोज्छ, विज्ञानले भौतिक परीवर्तन गर्दछ । त्यसबाट विभिन्न चिजको उत्पादन गर्दछ । सिङ्गै देशलाई सेवा उपलब्ध हुन्छ। नेपालको एउटा मानिस सिङ्गै देशको सम्पति हुन्छ, तर कुनै पनि मानिसबाट देशले केहि पाउन उ अनुशासित हुनुपर्छ । मानिसले ज्ञानसिप सिक्नुपर्छ। ज्ञान एउटा धनुस हो । बाण एउटा बिज्ञान हो। बाणले भौतिक परिवर्तन गर्दछ । जस्तै ; बन्दुकमा गोली बनाएर हालिन्छ अनि पडकाइन्छ, त्यसले परिणाम दिन्छ। कुनै नेपालीले पनि म सिङ्गै देश हु । देश मेरो हो भन्ने भाव राख्नु पर्छ । हरेक योजना बनाउदा आत्मनिर्भर बन्ने खालको बनाउनु पर्छ । एउटा किसान खेतबारीमा काम गर्दछ । लामो समय उसले उच्च ज्ञान हासिल गर्दछ। ऊ त्यो बिषयको ज्ञाता हुनुपर्छ । एउटा बिद्यार्थी कुनै बिषयको अनुसन्धान गर्छ भने त्यो बिषयको बैज्ञानिक पक्षमा आधारित रहेर गर्नुपर्छ । यस्तै सबै क्षेत्रबाट देश निर्माणको लागि खर्चिनु पर्दछ । कुनै पनि युवा आकाशको चम्किलो तारा हुन्छ। उत्पादन गराउने जिम्मा राज्य संचालकको हुन्छ।
आ ब २०७७/७८को बजेट हेर्दा सुन्दा कुनै पनि हालतमा समाजलाई उचाल्ने खालको छैन । अझ भनौ उन्नतीशिल होइन पुरानो परम्परालाई धान्ने मात्रको छ । उद्योग तर्फ के संचालन गर्ने ? के कति उत्पादन गर्ने ? ३ करोडलाई कसरी सेवा पुर्याउने भन्ने छैन। कृषि उत्पादन ३ करोडलाई धान्ने छ ? । शिक्षा प्राइभेट कलेजले स्कुलले सरकारी समुदायलाई सहयोग गर्ने भन्ने छ । के यो नै हो समाजवाद ? स्वार्थ रहित तबरले यो महामारीलाई थेग्ने ताकत सरकारी योजनामा होला ? कुनै अर्को विकल्प छ ? साधारण तर्फ औषधी गराउने हैसियत छ ? विदेशबाट फिर्ता आएका मानिसलाई के काम दिने वा के गराउदा उत्पादन हुन्छ ? जनशक्ती खपत हुन्छ ? केहि छ ? भारतबाट ७० अर्बको खाद्य वस्तु आयात हुन्छ । यहाको उत्पादनले कति पुग्छ ? केहि हिसाब छ ? यो सरकार हो कि कुनै कम्पनी हो ? स्वरोजगार कोषबाट खर्च गरेको भक्तपुरबाट आउने हनुमंते खोलामा कति युवाले रोजगार पाए जनसमक्ष हिसाब आउछ ? यो नै समाजवादी बजेट हो ?
FACEBOOK COMMENTS