काठमाडाैँं । चालु आर्थिक बर्षको पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । यो अघिल्लो बर्षको सोही अवधिभन्दा सामान्य वृद्धि हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशतले बढेको छ। यस्तै यस अवधिमा रेमिट्यान्स ४.१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्मा रेमिट्यान्स ७ खर्ब ६३ अर्ब रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
सोयाविन तेलको आयात र निर्यातमा भएको समान वृद्धिले बाह्य क्षेत्रमा खासै धेरै असर गरेको देखिँदैन। समीक्षा अवधिमा मुद्रास्फीति सरकारको लक्ष्यभित्रै रहेको छ। यस अवधिमा मुद्रास्फीति ५.४१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा चालुखाता बचत १ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ भने शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब रुपैयाँले बचतमा रहेको छ।
यस अवधिमा १६ अर्ब ८४ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। उक्त सञ्चितिले १७।३ महिनाको वस्तु र १४।४ महिनाको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। विदेशी मुद्राको सञ्चिति गत असारको तुलनामा १०.३ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह ९रेमिट्यान्स० मा निकै उत्साहपूर्ण स्थिति देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म विप्रेषण आप्रवाह ४।१ प्रतिशतले वृद्धि भई ७ खर्ब ६३ अर्ब ८ करोड रुपियाँ पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १।१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो । त्यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर )८३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७९९ अर्ब ५४ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २,३०,४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १,६२,६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २,०६,३९० र १,३३,९४० रहेको थियो ।
FACEBOOK COMMENTS