काठमाडौैं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको हो ।
यससँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार नौ सय रूपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि भएको थियो ।
यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला एक हजार नौ सय ३० रूपैयाँ रहेको चाँदीको मूल्य बुधबार प्रतितोला ४५ रूपैयाँले बढेर एक हजार नौ सय ७५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS