काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS