डिएन घिसिङ
विश्व यतिबेला कोराना विरुद्धको लडाइमा चरम उत्कर्षमा पुगेको छ।विकसित र विकास उन्मुख राष्ट्रले अबलम्बन गरेको स्वस्थ्य प्रतिरक्षा एउटै प्रकृतिको मोडलमा अभ्यास भएका छन् । सामाजिक दुरी, लक डाउन र संक्रमण विरुद्ध अपनाइएको उपचार विधी जस्ता गतिविधिमा प्रायःएकरुपता नै रहेको पाईन्न्छ । जबसम्म कोरोना उपचारको औषधि आविस्कार हुदैन तबसम्म स्वस्थ्य सजकता वा सावधानी बाहेक अन्य विकल्प नबन्ने पक्कापक्की भैसकेको छ। आर्थिक र सामाजिक पक्षले मानव जीवनमा प्रभाव जमाउँछ । मानिसको जीवनयापनमा मात्रै होइन सभ्यताको विकास गराउन समेत यीनले सघाउ पुर्याउँछन् । भनिन्छ यस्ता क्रियाकलाप नै समाज विकासको लक्ष्य प्राप्तीका मापदण्ड हुन । जसले दिशानिर्देश गर्न मद्घत गर्छन ।
“यतिबेला कोरोनाको प्रभावले चुनौती मात्रै हैन अवसर समेत सिर्जना गराएको छ। एकातिर विकसित राष्ट्रले आर्थिक सम्मुनत हुने प्रयास जारी राखेका छन भने अर्को तिर विकासोन्मुख राष्ट्रले महामारी र भोकमरीको चुनौतीलाई सामना गर्दै अघि बढेका छन् ।”
यतिबेला कोरोनाको प्रभावले चुनौती मात्रै हैन अवसर समेत सिर्जना गराएको छ। एकातिर विकसित राष्ट्रले आर्थिक सम्मुनत हुने प्रयास जारी राखेका छन भने अर्को तिर विकासोन्मुख राष्ट्रले महामारी र भोकमरीको चुनौतीलाई सामना गर्दै अघि बढेका छन् । समय चक्रसँगै दुस्चक्र समेत भैराखेको हुनाले बिषम परिस्थितिमा गरीब र धनी बीचको चरम दुरी हुने संभावना बारे आकलन गर्न थालिएको छ ।
गरीबी एक अभावपूर्ण अवस्था हो । जहाँ व्यक्ति वा समुदाय निम्नतम आधरभुत क्रियाकलापमा वञ्चित रहन्छ।गरिबी, जीवन कल्याण र न्यूनतम मापदण्डको लागि आवश्यक चीजहरूको अभाव हुनु हो।गरिबीमा भौतिक आवश्यक संसाधनहरू जस्तै खाना, सुरक्षित पिउने पानी लगायत सामाजिक स्रोतहरू जस्तै सूचना,शिक्षा, स्वास्थ्य सेवा, सामाजिक स्थिति, राजनैतिक विभेद र अन्य व्यक्तिसँग अर्थपूर्ण समन्वय विकास गर्ने अवसरबाट बिमुख हुनु हो।
“समाजमा गरीबी हुनुको पछाडी अर्थशास्त्रीहरुले आअफ्नो तर्क प्रस्तुत गरेता पनि समग्रमा एक रुपता रहेको छ।नोबेल पुरस्कार विजेता अभिजित बनर्जी र एस्थर डुफ्लोले संयुक्त रूपमा प्रकाशन गरेको ‘पुअर इकोनोमिक्स रिथिंकिङ पोभर्टी एन्ड द वेज टु एन्ड इट’ नामक पुस्तकमा गरिबीबारे होइन, गरिबबारे बढी चर्चा गरेको छ ।”
समाजमा गरीबी हुनुको पछाडी अर्थशास्त्रीहरुले आअफ्नो तर्क प्रस्तुत गरेता पनि समग्रमा एक रुपता रहेको छ।नोबेल पुरस्कार विजेता अभिजित बनर्जी र एस्थर डुफ्लोले संयुक्त रूपमा प्रकाशन गरेको ‘पुअर इकोनोमिक्स रिथिंकिङ पोभर्टी एन्ड द वेज टु एन्ड इट’ नामक पुस्तकमा गरिबीबारे होइन, गरिबबारे बढी चर्चा गरेको छ । जहाँ गरिबीको अर्थशास्त्र होइन, गरिबको अर्थशास्त्रको चर्चा भनिएको छ। उक्त पुस्तकका लेखकद्वयले गरिबका बीचमा गएर खाद्यान्न, शिक्षा, स्वास्थ्य, वित्त, उद्यमशीलता आदि विषयमा व्यक्ति, परिवार,समूहमा उनीहरूले नमुना परीक्षण र अनुसन्धान गरेका थिए।
आजको अर्थशास्त्रले वस्तु तथा सेवाहरूको उत्पादन, वितरण तथा उपभोग, देशको आर्थिक विकास र मानिसको समग्र आर्थिक कल्याणबारे अध्ययन गर्छ । यस्तो अध्ययन गरिबमाथि भन्दा बढी समग्र विश्व र देशको अर्थतन्त्रमा केन्द्रित हुन्छ। परम्परागत अर्थशास्त्र समग्र मानव समुदायमाथि केन्द्रित हुने भएकाले अबको अर्थशास्त्र गरिब स्वयमको शास्त्र बन्नुपर्छ र यसको विषय गरिबका दैनिक क्रियाकलाप हुनुपर्छ भन्ने बहस चल्न थालेको छ ।
“अर्थ व्यवस्था बारे म्याक्स अगाडि लेख्छन ‘समाजमा महामारी फैलिदा आर्थिक असमानताको परिणामलाई गहन बनाउँदै छ र आजको ध्रुवीकृत अर्थव्यवस्था र श्रम बजारमा धेरै बोझ सहनुपर्ने बाध्यता आएको छ’।”
कोरोना भाईरसको प्रभावले आर्थिक असमानताको खाडल बढने कुरालाई जोडदिदै न्युयोर्क टाइम्समा लेखक म्याक्स फिसर लेख्छन ‘बिशेषत: आर्थिक असमानता सन्न्दर्भमा-जुन रुपमा कोरोनाभाइरस संसारभर फैलिरहेको छ, यो हाम्रो समयको अन्य बृद्धि शक्तिहरुसंग एक विनाशकारी प्रतिक्रियाको रुपमा देखा परेको छ’ । अर्थ व्यवस्था बारे म्याक्स अगाडि लेख्छन ‘समाजमा महामारी फैलिदा आर्थिक असमानताको परिणामलाई गहन बनाउँदै छ र आजको ध्रुवीकृत अर्थव्यवस्था र श्रम बजारमा धेरै बोझ सहनुपर्ने बाध्यता आएको छ।’
लन्डन विश्वविद्यालयका प्राध्यापक स्टीव स्किफर्स लेख्छन् कोरोनाभाइरस महामारी पहिले नै असमानता बढाइरहेको छ।यो बढ्दो सम्भावना देखिन्छ कि महामारीको तत्कालको आर्थिक प्रभावले लामो विश्वव्यापीतर्फ डोर्याइरहेको छ।स्वास्थ्य र आर्थिक हिसाबले बेलायतको जनसंख्यामा समान रूपमा महसुस भएको छैन। यदि यो एक प्रमुख मन्दी पछि छ । विश्वमा विकसित र अल्पविकसित मुलुकको आर्थिक असमानताको प्रभाव नाटकीय रूपमा खराब हुन सक्छ।स्टीवका अनुसार संक्रमणको जोखिम रहे नरहेको आधारमा यस कुरा निर्दिस्ट हुने गर्दछ। शहरहरू सबैभन्दा गरीब क्षेत्र हो जँहा सबैभन्दा बढी संक्रमण दरहरू छन्। उनले भनेका छन् एउटा कारण यो हो कि अत्यधिक भीडभाड सामाजिक आवासमा सामाजिक रूपमा अलग गर्न अझ गाह्रो छ।तर स्थिति यो पनि छ कि अति वञ्चित गाउँहरूमा बस्नेहरू देशको कम वञ्चित क्षेत्रहरूमा बस्नेहरूको तुलनामा बढि स्वास्थ्य जोखिममा रहने सम्भावना अधिक हुन्छ। त्यसमाथि, मध्यम-वर्गका मानिसहरूसँग रोजगारी हुने सम्भावना बढी हुन्छ । जहाँ उनीहरू घरमै काम गर्न सक्दछन्, जबकि काममा यात्रा गर्नु पर्नेहरूलाई संक्रमण हुने खतरा बढी हुन्छ।
जर्मनका लेखक बेन ओफियन लेख्छन जब महामारी लाग्छ, प्राय: गरिबलाई सबैभन्दा पहिले खराब अबस्थामा पुर्याउदछ। यसै सन्दर्भमा जर्मन चिकित्सक बैज्ञानिक रुडोल्फ भिर्चोद्वारा सन १८४८मा प्रकाशित पुस्तकको अध्ययनले महामारीमा गरीबी र प्रकोपको जोखिमको बीचको यो सम्बन्धलाई वर्णन गरेले थप पुस्टी गरेको बेनले उल्लेख्य गरेका छ्न।उनले भनेका छ्न किनकि अब महामारीको फैलावटले जीवनको त्यस्तो खराब परिस्थितिमा पुर्याउन सम्भव छ जुन माथिल्लो सिलिसियामा गरीबी र संस्कृतिको अभावले पैदा गरेको थियो।
“गरिबहरू किन महामारीमा अधिक जोखिमपूर्ण छन् र कुन संरक्षण आवश्यक छ भनेर बुझ्नको लागि पहिला कसरी प्रकोपहरू सुरू हुन्छन्, कसरी तिनीहरू फैलिन्छ, व्यक्ति र समाजलाई त्यसले कसरी असर गर्छ भनेर विचार गर्नु आवश्यक छ।”
लेखिका रोक्सान् रोबर्ट्सले वाशिंगटन पोष्टमा लेखेकी छिन् कि इतिहासमा बिशेष आपतकालीन अवस्थामा संभ्रान्त अथवा विशेषाधिकार प्राप्त व्यक्तिहरूले स्वास्थ्य संकटको समयमा आफ्नो सुरक्षाको लागि संसाधनहरूको प्रयोग गरेका छन्। उनले भनेकी छिन आर्थिक संभ्रान्त परिवारका लागी कोरोनाभाइरस महामारी र त्यसपछिका जीवन उनिहरुका लागी फरक छैन। धनीहरूले स्वास्थ्य संकटका बेला सधैं राम्रो प्रदर्शन गरेका छन्।
गरिबहरू किन महामारीमा अधिक जोखिमपूर्ण छन् र कुन संरक्षण आवश्यक छ भनेर बुझ्नको लागि पहिला कसरी प्रकोपहरू सुरू हुन्छन्, कसरी तिनीहरू फैलिन्छ, व्यक्ति र समाजलाई त्यसले कसरी असर गर्छ भनेर विचार गर्नु आवश्यक छ। तर, लगानी गरिबसम्म नपुग्दा मध्यमवर्ग धनीवर्गमा उक्लिएर झन् धनी हुँदै जाने र अधिकांश गरिब गरिबीको दुष्चक्रमा नै फसिरहने अवस्था विद्यमान छ । गरिबी निवारण नीतिको सबभन्दा जटिल गाँठो भनेकै यही धनी र गरिब बीचको खाडल हो ।
FACEBOOK COMMENTS