काठमाडौँ । नली शाक्य र प्रमिषा लामिछाने चौथो ‘स्पेस एण्ड डिजाइन एक्स्पो’को विजेता बनेका छन् । क्याफे थिमतर्फ प्रमिषा र थेसिस थिमतर्फ नली विजेता चुनिएका हुन् । एक्स्पोमा थेसिसतर्फ सानुमाया बानिया दोस्रो र दुर्गादेवी पौडेल तेस्रो घोषित हुँदा क्याफेतर्फ जिनिषा महर्जन दोस्रो, रोशन लामिछाने तेस्रो भए ।
इन्टेरियर डिजाइनर्स एसोसिएशन नेपाल ( आइडिया नेपाल ) का पूर्वअध्यक्ष सानु राजा शिल्पकार, विन्द्रा कक्षपति प्रधान तथा आइडिया नेपालका वर्तमान उपाध्यक्ष उषा रायमाझी र महासचिव रामगोपाल तन्डुकार, गायक उदय सोताङ, समाजसेवी सुरबहादुर श्रेष्ठलगायतले विजेतलाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा दर्शकहरूको रोजइको भोटमार्फत थेसिस श्रेणीतर्फ निभाश श्रेष्ठ र क्याफे डिजाइनतर्फ प्राची ठाकुर पब्लिक चोइस अवार्ड जित्न सफल भए । ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२५’ को जजमेन्टमा क्याफेतर्फ मुकेश महर्जन र रिजु महर्जन तथा थेसिसतर्फ जरिना बज्राचार्य र रञ्जन प्रजापति रहेका थिए ।
आईआईएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइनका विद्यार्थीहरूले शनिबार थेसिस र इन्टेरियर डिजाइनका अवधारणासमेत प्रस्तुत गरे । ललितपुरको जावलाखेमा आयोजित चौथो ‘स्पेस एण्ड डिजाइन एक्स्पो’मा आईआईएफटीका ४६ जना विद्यार्थीले इन्टेरियर डिजाइनको महत्त्व उजागरसमेत गरेका थिए । जसले मानिसको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्नुका साथै जनचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
वरिष्ठ फोटो पत्रकार हरिगोपाल प्रधान अध्यक्ष, राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिका रूपमा ललितपुर महानगरपालिका-४ का अध्यक्ष सन्तोष खड्का, इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) का अध्यक्ष श्याम श्रेष्ठ र रेष्टुरेन्ट एण्ड बार एसोसिशसन नेपाल (रेवान) का अध्यक्ष संघर्ष विष्ट, फेशन डिजाइनर तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघकी उपाध्यक्ष सुदिना श्रेष्ठ, एड्भोकेट तथा लिटिल फ्लावर पब्लिक स्कुलका अध्यक्ष लक्ष्मण महर्जन, मिस मंगोल-२०२४ की विजेता एन्जल राई, कर्पोरेट खबरका अध्यक्ष उज्ज्वलजंग शाह, मैनाली मार्केटिङका अध्यक्ष प्रेमहरि मैनाली, नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमिति सदस्य सन्तोषराज केसी, व्यवसायी उज्ज्वलकृष्ण श्रेष्ठलगायतको उपस्थिथि रहेको थियो ।
अतिथिहरूले आईआईएफटीका विद्यार्थीको सिर्जना अवलोकन गर्दै इन्टेरियर डिजाइन अहिले जीवनशैलीजस्तै भइसकेको धारणा राखे ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य बस्नेतले कुनै पनि विशेष विषयको जनशक्ति अभाव रहेको हाम्रो देशमा स्पेस एण्ड इन्टेरियल डिजाइनहरूको प्रतिस्पर्धा गराएर व्यवस्थित तथा आनन्ददायी संरचना निर्माणमा यस स्कुलले महत्त्वपुर्ण योगदान पुर्याएको बताए ।
‘विगतमा यस्तो अध्ययनका लागि बिदेसिनुपर्ने बाध्यता थियो’, उनले भने ‘अहिले आईआईएफटी स्कुलले यस्तो पाठ्यक्रममा पढाइ गराएकोले विद्यार्थीले सुलभ र सस्तोमा अध्यायन गर्न पाए ।’ यसले अध्यानका नाममा विदेशी पैसाको समेत रोकथाम गरेको उनले धारणा राखेका थिए ।
विद्यार्थीहरूका लागि मात्र नभई इन्टेरियर डिजाइन क्षेत्रमा संलग्न सम्पूर्ण नवप्रतिभालाई व्यावसायिक जगतसँग जोड्दै सर्वसाधारणलाई समेत यस विषयमा जानकारी दिन स्पेस एण्ड डिजाइन एक्स्पो पब्लिक प्लेसमा आयोजना गरिएको आईआईएफटीका म्यानेजिङ डाइरेक्टर फुपु तेन्जिङ शेर्पाले बताए । उनले यस्ता क्रियाकलापले विद्यार्थीहरूको सिर्जनालाई व्यावसायिकतर्फ अघि बढाउने उद्देश्य रहेको बताए ।
प्रदर्शनीमा थेसिस श्रेणी र क्याफे डिजाइन श्रेणी गरी दुई श्रेणीमा विभाजन गरी जम्मा ४६ वटा मकप डिजाइनहरू प्रदर्शित गरिएका थिए ।
विगत लामो समयदेखि फेशन र इन्टेरियर डिजाइनको अध्यापन गराउँदै आएको आईआईएफटीको सञ्जाल ललितपुरको कुमारीपाटी, काठमाडौंको बागबजार प्लाजा र हेरिटेज प्लाजामा रहेको छ । डिजाइनिङ अध्यापनमा आईआईएफटीले नेपालमा छुट्टै पहिचान बनाएको छ । नेपालकै एक नम्बर फेशन तथा इन्टेरियर डिजाइन एकेडेमीका रूपमा स्थापित आईआईएफटीले सयौँ फेशन डिजाइनरहरू उत्पादन गरिसकेको छ ।
FACEBOOK COMMENTS