काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार चार सय रूपैयाँले महँगिएको हो ।
यो मूल्य वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार छ सय रूपैयाँ पुगेको छ ।
अघिल्लो दिन (आइतबार) छापावाल सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार पनि सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला एक सय रूपैयाँले बढेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रूपैयाँले बढेर एक हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार भने चाँदी शुक्रबारको तुलनामा प्रतितोला २५ रूपैयाँले घटेर एक हजार आठ सय ६५ रूपैयाँमा किनबेच भएको थियो ।
FACEBOOK COMMENTS