काठमाडौं । टेलिटक प्रालिले नेपालमा आफ्नो नयाँ एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन सार्वजनिक गरेको छ। ५० मेगापिक्सेलको सेल्फी क्यामरा र ५० मेगापिक्सेलको डुअल रियर क्यामरा सहित, अत्याधुनिक एआई फिचरले प्रयोगकर्तालाई एक अनौठो स्मार्टफोन अनुभव प्रदान गर्छ।
एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोनले विशेषगरी स्टाइलिस्टिक डिजाइन र मर्मत गर्न सजिलो बनाइएका सुविधाहरूलाई प्राथमिकता दिएको छ। यसमा ५० मेगापिक्सेल सेल्फी क्यामरा सहित उत्कृष्ट फोटो खिच्ने क्षमता छ ।
नयाँ स्मार्टफोनमा स्लो मोशन मोड, एआई सुपर पोट्र्रेट मोड र फ्ल्याश शट जस्ता विशेषताहरू पनि समावेश गरिएको छ, जसले पोर्ट्रेट फोटोग्राफी र एक्शन शटहरूलाई अझ आकर्षक र सहज बनाउँछ। यसको ट्राइपड मोडले लामो एक्सपोजरका लागि राम्रो फोटोग्राफीको अनुभव दिन्छ।
एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोनका अन्य महत्वपूर्ण विशेषताहरूमा ६.६७ इञ्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले, ५००० एमएएच ब्याट्री, र ३३ वाटको फास्ट चार्जिङ क्षमता समावेश छ। यसमा १२८ जीबी स्टोरेज र १२ जीबी र्याम (६ जीबी फिक्स्ड र ६ जीबी भर्चुअल) सहितको पर्याप्त मेमोरी छ।
यस स्मार्टफोनको युनिसोक टी ७६० फाइभजी प्रोसेसरले ५१००००ं अन्टुटु स्कोर प्राप्त गरेर आफ्नो कार्यक्षमता प्रमाणित गरेको छ। साथै, यस स्मार्टफोनमा रिपेयरेबिलिटी १.० रहेको छ, जसको अर्थ प्रयोगकर्ताले बैक प्यानल, ब्याट्री, डिस्प्ले, र चार्जिङ पोर्टलाई आफैं मर्मत गर्न सक्नेछन्।
एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन मिडनाइट ब्लू रंगमा उपलब्ध हुनेछ र यसको मूल्य रु. १८,९९९ राखिएको छ। यो स्मार्टफोन नेपालका विभिन्न मोबाइल पसलहरूमा उपलब्ध हुनेछ।
टेलिटक प्रालिका उपाध्यक्ष रवि कुँवरले यो स्मार्टफोन सार्वजनिक गर्दै भने, “एचएमडी क्रेष्टको अनावरणसँगै हामी सिर्जनशीलता, दिगोपन र यूजर एक्सपेरियन्सलाई प्राथमिकता दिने मोबाइल प्रविधिको नयाँ युगतर्फ अग्रसर भएका छौं। यो स्मार्टफोन डिजाइन, प्रविधि र दिगोपनासँग मेल खाने स्मार्टफोन हो जसले आजको जेन-जि पुस्ताका आवश्यकताहरूलाई पूरा गर्नेछ।”
टेलिटक प्रालि नेपालमा नोकिया र एचएमडी ब्राण्डको एकमात्र आधिकारिक बिक्रेता हो र यसले नेपाली बजारमा स्मार्टफोन प्रविधिमा नयाँ आयाम थप्नका लागि निरन्तर काम गर्दै आएको छ।
FACEBOOK COMMENTS