काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आज अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, अर्थसचिव धनश्याम उपाध्याय, र राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।
नवनियुक्त अध्यक्ष ओझाले उपप्रधानमन्त्री पौडेलबाट सपथ लिँदै प्राधिकरणको जिम्मेवारी सम्हाले। यस अवसरमा, ओझालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो।
शरद ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो।
ओझाको नेतृत्वमा, बीमा क्षेत्रको सुधार र प्रगति हुने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS