काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत भेटिएकी छन् ।
बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय बनेपाको अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा -६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन् ।
बिहीबार साँझ ५:३० बजेको समयमा उक्त होटलमा महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
FACEBOOK COMMENTS