काठमाडौँ । बङ्गलादेशमा शेख हसिना सरकारको विरोधमा आन्दोलन गर्दै आएका विद्यार्थीहरूले अन्ततः नयाँ राजनीतिक पार्टी गठन गरेका छन् । उक्त राजनीतिक सङ्गठलाई ‘नेशनल सिटिजन पार्टी (एनसीपी)’ नाम दिइएको छ ।
एनसीपीको घोषणालाई बङ्गलादेशको राजनीतिमा विभिन्न कोणबाट हेरिएको छ ।
शुक्रबार गठन गरिएको यो नयाँ राजनीतिक दलले कुनै ठोस दृष्टिकोण वा विशेष एजेन्डा प्रस्तुत नसेकेको केही विश्लेषकको तर्क छ ।
तर, संविधानसभाको निर्वाचनमार्फत नयाँ संविधान निर्माण गर्ने कुरा, नयाँ गणराज्यको परिकल्पना र पार्टीको नारा ‘इन्कलाब जिन्दावाद’ जस्ता विषयहरूले यो पार्टीको भविष्य रणनीति के हुन सक्छ भन्नेबारे प्रश्न उठाएका छन् ।
पार्टीका वरिष्ठ संयुक्त संयोजक आरिफुल इस्लाम अदीबले आफूहरूको लक्ष्य बङ्गलादेशको राजनीतिक संस्कृतिमा परिवर्तन ल्याउनु रहेको बताएका छन् ।
यद्यपि, केही राजनीतिक विश्लेषकहरू एनसीपीले मध्यम वर्गीय पार्टीको रूपमा उदाउने सङ्केत दिएको बताउँछन्, जसले परम्परागत राजनीतिमा परिवर्तनको सन्देशसहित सन्तुलनमा विश्वास गर्छ ।
तर, यो उद्देश्य हासिल गर्न आवश्यक राजनीतिक एकता कायम गर्ने कुनै स्पष्ट योजना भने पार्टीले प्रस्तुत गर्न नसकेको उनीहरूको मत छ । तर पनि उनीहरूले आफ्नो लक्ष्य हासिल गर्नका लागि कस्ता कदम चाल्नेछन् भन्ने कुरा हेर्न बाँकी छ ।
FACEBOOK COMMENTS