काठमाडौं । भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति मजबुत बनाउने क्रममा काठमाडौंको सतुङ्गलमा अत्याधुनिक नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
उच्च गुणस्तरका टाइलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्यका साथ श्री साई इन्टरप्राइजेजले सञ्चालनमा ल्याएको सो शोरुम चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा चन्द्रागिरी नगरपालिका–११ का अध्यक्ष नरेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति थियो ।
समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले भने, ‘काठमाडौं कजारियाका लागि एक प्रमुख बजार हो भने यो शोरुम हाम्रो प्रतिबद्धताको प्रमाण हो, जसले घरधनीहरू, आर्किटेक्ट र निर्माणकर्ताहरूसामु उच्च गुणस्तरका टाइलहरू पुर्याउने काम गर्दछ ।’ शोरुममार्फत आफ्ना नवीनतम् र मजबुत उत्पादनहरूलाई ग्राहकहरूसम्म पुर्याइने उनको भनाइ छ ।
नयाँ शोरुमले प्रिमियम टाइलहरूको विस्तृत संग्रह प्रदान गने बताउँदै उनले कजारियाले उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीहरूको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउने विश्वास व्यक्त गरे । ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दै विभिन्न स्थानमा शोरुम सञ्चालन गरिने पनि उनले बताएका छन् ।
रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ ।
यो ४०० करोड नेपाली रूपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनाका साथै हजारौँ रोजगारीका अवसरहरू प्रदान गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS