काठमाडौं । दुरसञ्चार सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले आफ्ना ग्राहकलाई आईफोन–१६ उपलब्ध गराउने भएको छ ।
कम्पनीले नयाँ ग्राहक एवम् सेवा नवीकरण गर्दा १० जना भाग्यशाली विजेतालाई आईफोन–१६ उपहार दिन लागेको हो ।
आफ्ना ग्राहक घरधुरी सङ्ख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंकले नयाँ सेवा एवम् नवीकरण गर्दा भाग्यशाली एक जनालाई हरेक दिन आईफोन–१६ उपहार दिने घोषणा गरेको हो ।
१० लाख घर धुरीसम्म आफ्नो सेवा विस्ता र कम्तिमा ५० लाख नागरिकको सङ्ख्यामा सेवा पुग्नुमा ग्राहकहरूको योगदान अतुलनीय रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरूको उल्लेख्य सहभागिताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घर धुरीमा पुग्न सफल भएका छौँ, सो अवसरमा नयाँ सेवा लिने र नवीकरण गर्ने कम्तिमा १० जना सेवाग्राहीलाई आईफोन–१६ उपहार घोषणा गर्न पाउँदा खुसी छौँ,’ कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सबै क्षेत्रमा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । मुलुकका ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ । १० लाख घर धुरीसम्म आफ्नो सेवा विस्तार कम्तिमा ५० लाख नागरिकको सङ्ख्यामा वर्ल्डलिंकको सेवा पुग्नु यसैको सफल उदारहण वर्ल्डलिंकले जनाएको छ ।
इन्टरनेट सेवालाई दूरदराज र ग्रामीण भेगमा थप विस्तारका लागि र आम नेपालीको पहुँचमा पु¥याउनका लागि पनि कम्पनीले प्रतिवद्धता जनाएको छ । फागुन महिनाको अन्त्यसम्ममा १० लाख घरधुरी पुर्याउने लक्ष्य रहेको पनि कम्पनीले स्पष्ट पारेको छ ।
FACEBOOK COMMENTS