काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर राष्ट्रिय सभामा चर्को आलोचना भएको छ ।
सांसदहरूले राजवादी गतिविधिमा आपत्ति मात्रै जनाएका छैनन् , नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् ।
नेकपा एसकी सांसद जयन्तीदेवी राईले राजावादीहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छिन् । आइतबार राष्ट्रिय सभा बैठकमा सांसद राईले प्रतिगामी तत्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताएकी हुन् ।
‘केही तत्वले वर्षौं संघर्ष गरेर ल्याएका उपलब्धि फेरि खोस्न चाहेको र संविधानबाट प्राप्त अधिकार दिनदिनै कमजोर भएको सांसद राईको टिप्पणी छ ।
हामीले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको छ, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ । नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको पनि उनको भनाइ छ ।
FACEBOOK COMMENTS