काठमाडौँ । एनआईसी एसिया क्यापिटलले धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएका तथा नभएका कम्पनीहरूको संस्थापक शेयर खरिद-बिक्री गर्न सहज गराउन ‘अफर फर सेल (ओएफएस)’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
क्यापिटलले विगत लामो समयदेखि आफनो मर्चेण्ट बैङ्किङ सेवाअन्तर्गत धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएका तथा नभएका कम्पनीहरूका संस्थापक शेयरधनीहरूको शेयर प्रचलित कानुनबमोजिम खरिद–बिक्री गराइदिने सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा क्यापिटलले यो प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।
नेपालमा सूचीकृत कम्पनीहरूको संस्थापक समूहको शेयर खरिद–बिक्री गर्न निकै काननी प्रक्रिया पूरा गर्नुपर्ने देखिन्छ । त्यसैगरी सूचीकृत नभएका पब्लिक कम्पनीहरूको संस्थापक समूहको शेयर कारोबार गर्न निकै झन्झटिलो प्रक्रिया रहेको र लगानीकर्ताहरूले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाएको गुनासो गर्दै आएका छन् । यो अवस्थाले गर्दा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेकाले संस्थापक शेयर खरिद–बिक्रीका लागि ‘वान स्टप सोलुशन’ उपलब्ध गराउने मुख्य उद्देश्यका साथ क्यापिटलले ओएफएस प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।
यअन्तर्गत क्यापिटलले संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरूलाई अनलाइनमार्फत कमन प्लेटफर्मबाट आफूले खरिद–बिक्री गर्न खोजेको कम्पनीको विवरण रीतपूर्वक क्यापिटलको वेबसाइटमार्फत उपलब्ध गराउन पर्ने छ । उक्त विवरणका आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजी प्रचलित नियम–कानुनअनुसार शेयर नामसारीसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउने छ ।
ओएफएस प्लेटफर्मका विशेषता के–के हुन् ?
सहज बिक्री प्रक्रिया : संस्थापक समूहको शेयर बिक्री गर्न चाहने सम्बन्धित शेयरधनीहरूले क्यापिटलको वेबसाइटमा माग गरेबमोजिमको विवरण रीतपूर्वक भरेपश्चात् उक्त विवरणका आधारमा सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्ने छ ।
सहज खरिद प्रक्रिया : कुनै पनि कम्पनीको संस्थापक समूहको शेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई सोको विवरण उपलब्ध गराएपश्चात् क्यापिटलले उक्त कम्पनीको शेयर खोजिदिने कार्य गर्ने छ ।
सुरक्षित र गोपनियता कायम रहने : सम्बन्धित शेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनीयता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर शेयर खरिद–बिक्रीसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउने छ ।
सहज र सर्वसुलभ : सम्बन्धित व्यक्ति तथा संस्थाहरूले आफूले खरि–बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रूपमा स्वदेश तथा विदेशको जुनसुकै स्थानबाट पनि सहज र सर्वसुलभ रूपमा अनलाइनमार्फत उपलब्ध गराउन सक्ने छन् ।
खरिद–बिक्री मूल्य निर्धारण गर्नका लागि मूल्याङ्कन प्रतिवेदन उपलब्ध गराइने : सम्बन्धित कम्पनीको मूल्याङ्कन गरेर संस्थापक समूहको शेयर खरिद–बिक्री गर्नका लागि उचित प्रतिशेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने
उल्लेखित सेवा लिनका लागि क्यापिटलको वेबसाइट onlinedemat.nicasiacapital.com वा सोझै ओएफएस प्लेटफर्म www.nicasiacapital.com/offer-for-sale मा क्लिक गरी कुन कम्पनीको संस्थापक समूहको शेयर खरिद वा बिक्री गर्न चाहेको हो सोको विवरण रीतपुर्वक भरी आवेदन पेस गर्न सकिने छ । साथै उक्त सेवा लिन तथा सेवा सम्बन्धमा थप जानकारीका लागि क्यापिटलका प्रमुख मर्चेण्ट बैङ्किङ अधिकृत दामोदर रायमाझीलाई ९८५११८४९७९ वा ईमेल ठेगाना info@nicasiacapital.com मा सोझै सम्पर्क गर्न सकिने जनाइएको छ ।
FACEBOOK COMMENTS