पर्वत -पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टिसँगै अस्पतालले शुक्रबारदेखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ ।
पर्वत अस्पतालले विज्ञप्ति प्रकाशित गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको छ। पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा।शिशिर देवकोटाले जानकारी दिए ।
जेठ २० गते पहिलो पटक संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा एक हप्ता खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।कोरोना अस्पतालमा कार्यरत ७ जनाको नमुना परीक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि पर्वतमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८ जना बिहीबार निको भएर घर फर्किएका छन्।
FACEBOOK COMMENTS