काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठमा निर्माणाधीन बाल अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको गोल्फुटार, कम्पनीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ लाई ३०,००,००० (तीस लाख रुपैयाँ) सहयोग गरेको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा कम्पनीका अध्यक्ष हेम राज ढकालले उक्त रकमको चेक काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा . भगवान कोइरालालाई हस्तान्तरण गरे ।
कम्पनीले प्रदान गरेको यो रकम बालबालिकाको स्वास्थ्य सेवामा विशिष्टिकृत सुविधा प्रदान गर्ने उद्देश्यले स्थापित उक्त संस्थाले निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार विकासमा खर्च गरिनेछ ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले यस्तो सामाजिक कार्यमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै संस्थाको व्यवस्थापन समूहलाई धन्यवाद दिए ।
साथै, उनले अस्पताल निर्माण कार्य समयमै सम्पन्न भई बालबालिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्दै डा भगवान कोइराला र व्यवस्थापन टिमलाई अग्रिम शुभकामना पनि दिए ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याउने लक्ष्यका साथ यो परियोजना अघि बढाइरहेको छ ।
FACEBOOK COMMENTS