काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन दिएका १० जनामध्ये ५ जना सर्ट लिस्टमा परेका छन् ।
सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिका अनुसार आवेदन दिएर संक्षिप्त सूचीमा छनौट भएकाहरुको व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका चैत ६ गते बिहान ७ बजे अर्थमन्त्रालयमा हुनेछ ।
नेप्सेको सीईओका लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि प्रकाशिचत सूचना अनुसार आवेदन दिएका मध्ये चुडामणी चापागाई, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् ।
आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्य योजनाको मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ५ जना संक्षिप्त सूचीमा छनौट भएका छन् ।
FACEBOOK COMMENTS