काठमाडौं । साताको दोस्रो कारोबार दिन आज पनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज १० दशमलव १४ अङ्कले बजार घटेको छ । योसँगै नेप्से परिसूचक दुई हजार ७०४ दशमलव ७० विन्दुमा ओर्लिएको छ ।
नेप्से परिसूचकमा निरन्तर गिरावट आउँदा कारोबार रकममा पनि उच्च गिरावट आएको छ ।
आज सोमबार कुल ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर ५७ हजार ५८५ पटक खरिदबिक्री हुँदा कुल पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
FACEBOOK COMMENTS