काठमाडौं, ९ असार – नेपाल उद्योग वाणिज्य महासंघको असार ८ गते बसेको बैठकले श्रावण २६ र २७ गतेका लागि निर्वाचनको मिति तोकेसंगै हाललाई विवाद टुङगीएको छ । सोमवार बसेको कार्यसमिति बैठकले निर्वाचनको मिती तय गरेसँगै महासंघ भित्र बढ्दै गएको विवाद मथ्थर भएको हो । यस अघि संस्थापन पक्षका सदस्य बीच नै निर्वाचनको विषयलाई लिएर मत बाझिएको थियो ।
साथै, आगामी दिनमा विशेष निर्णयहरु गर्दा कार्यसमिति र स्थायी समितिमा समेत जानकारी दिने निर्णय गरिएको छ । यस अघि निर्वाचनको बिषयलाई लिएर विशिष्ठ सदस्य चण्डिराज ढकाल र अध्यक्ष भवानी राणाका बारेमा मिडियामा अनर्गल प्रचारहरु हुँदै आएको थियो । विशिष्ठ सदस्य ढकालका अनुसार पुराना वादविवादलाई पन्छाउदै धमिलो पानीमा माछा मार्नेहरुलाई समेत यो गतिलो जवाफ भएको बताएका छन् ।
चण्डिराज ढकालको विरुद्ध खेद प्रस्ताव ल्याईयो भनेर गरिएको प्रचार समेत कार्यसमिति बैठकमा नउठे पछि यो एजेण्डा नै नभएको समेत पुष्टी भएको छ । आगामी निर्वाचन पस्चात शेखर गोल्छा स्वत: अध्यक्ष हुनेछन् भने वरिष्ठ उपाध्यक्षका लागि आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाल र विराटनगरका किशोर प्रधान बीच भिडन्त हुनेछ ।
त्यसैगरी, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठले नै एक कार्यकाल दोर्याउने छन भने एसोसीयट उपाध्यक्षमा सौंरभ ज्योति र रामचन्द्र संघाई उठने छन् । त्यस्तै जिल्ला उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी उठने पक्का भएको छन् ।
FACEBOOK COMMENTS