काठमाडौं, ११ असार – चिकित्सकहरुले कोरोना नियन्त्रणको लागि सबै निकाय जिम्मेवार बन्नुपर्ने, परीक्षणको दायरा बढाउनुपर्ने र आम नागरिकले पनि आवश्यक नियम पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले नेपालमा पछिल्लो समय कोरोनाको अवस्था कस्तो रहेको छ ? भन्ने र शुक्रराज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले के गरिरहेको छ ? भन्नेबारे प्रकाश पारेका छन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा बोल्दै उनले स्वास्थ्य मन्त्रालयको निर्देशन र गृह मन्त्रालयको परिपत्रका कारण पछिल्लो समय कोरोना परीक्षण गर्न आउनको भीड कम भएको स्पष्ट पारे । उनले भने, यसअघि दैनिक करिब १२ सयको संख्यामा कोरोना परीक्षण गराउन आउने भीड थियो र अहिले परीक्षण गर्नैपर्ने मान्छेमात्रै आएकाले ४० प्रतिशतले कम भएको छ ।
उनले पिसिआर भनेको परीक्षणमात्रै भएकोले यसलाई नै उपचार ठान्न नहुने पनि धारणा राखेका छन् । उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हात सफा गर्ने कुरामा ध्यान दिनपुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘कसैलाई सुर्ती खाएर थुक्ने बानी छ भने यो बानी परिवर्तन गर्नुपर्ने छ । उनले काठमाडौं उपत्यका भित्रिनहरुलाई होम क्वारेन्टिमा राखिनुपर्ने बताएका छन् । काठमाडौं भित्रिनेहरुको हकमा निश्चित् मापदण्ड पूरा गराउनुपर्ने र खासगरी क्वारेन्टिनमा राख्नुपर्ने उनले बताएका छन् ।
FACEBOOK COMMENTS