काठमाडौं । कर्पोरेट मिडिया ग्रुपकी उपाध्यक्ष सुष्मा महराले ‘कर्पोरेट बिजनेश अवार्ड’ सामूहिक प्रयासले दिएको सफलता भएको बताउनुभएको छ ।
काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटेलमा आयोजित १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ समारोहमा धन्यवाद मन्तव्य व्यक्त गर्नुहुँदै उहाँले अवार्डको सफलतामा थुप्रै सहयोगी हातहरू रहेको बताउनुभएको हो ।
‘कर्पोरेट बिजनेश अवार्डलाई यति भव्य र सभ्य बनाइदिनुभएको छ । हामी एक्लैले यो सम्भव हुँदैनथ्यो,’ उहाँले भन्नुभयो, ‘यसमा धेरै ‘हेल्पिङ ह्यान्ड’हरू हुनुहुन्छ । तपाईंहरूको साथ–सपोर्टले नै ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ सफल भएको हो ।’
सम्पूर्ण सहयोगीहरूको साथकै कारण कर्पोरेट बिजनेश अवार्डको हरेक शृङ्खला सफल हुँदै आएको भन्नुहुँदै उहाँले आगामी दिनमा समेत यस्तै साथ–सहयोग पाउने आशा व्यक्त गर्नुभयो । यस्तै, उहाँले कर्पोरेट खबर र कर्पोरेट म्यागजिनलाई पाठकहरूबाट प्राप्त मायाका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
हेर्नुहाेस् भिडिओ–


यी समाचारहरू पनि पढ्नुहोस्–

एक्लैले केही गर्न नसक्ने भन्दै कृषिमन्त्री अधिकारीले खोज्नुभयो निजी क्षेत्रको साथ (भिडिओ)
सरकारको सकारात्मक प्रयासमा निजी क्षेत्र सधैँ साथमा छ : भवानी राणा (भिडिओ)
एक्लैले केही गर्न नसक्ने भन्दै कृषिमन्त्री अधिकारीले खोज्नुभयो निजी क्षेत्रको साथ (भिडिओ)
एक्लैले केही गर्न नसक्ने भन्दै कृषिमन्त्री अधिकारीले खोज्नुभयो निजी क्षेत्रको साथ (भिडिओ)