काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङस् नेपालद्धारा गरिएको रेटिङस्मा ए प्लस रेटिङस् प्राप्त गरेको छ ।
केयर रेटिङस्मा ए प्लस रेटिङस्ले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
राष्ट्रिय वाणिज्य बैंक गत आ।व। २०७५र०७६ मा सबैभन्दा बढी पांच अर्ब चार करोड रुपैंया मुनाफा कमाउन सफल भएको र आ।व। २०७४०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ ।
हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
FACEBOOK COMMENTS