१८ असार – अन्तर्राष्ट्रिय सम्बन्धका जानकार हरि चन्द “अग्निपुंज” मध्यपश्चिम विश्वबिद्यालयका उप-कुलपति प्रा डा नन्द बहादुर सिंहको सल्लाहकारको रुपमा नियुक्त भएका छन्। चन्दलाई मध्यपश्चिम विश्वबिद्यालयको कार्यकारी परिषद बैठकको निर्णयबाट प्रथम श्रेणी सरहको सुबिधा हुनेगरी उक्त जिम्मेवारीमा नियुक्त गरिएको हो।
मध्य-पश्चिम विश्वबिद्यालयलाई अत्याधुनिक र भ्रष्टाचारमुक्त बनाउने उप-कुलपतिको शंकल्प र विशिष्ट योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि सोहि अनुसारको टिम बनाउने उप-कुलपतिको योजना अन्तर्गत चन्द सो जिम्मेवारीमा नियुक्त गरिएका हुन् ।
चन्दले लामो समयदेखि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, कुटनीति र राजनीतिमा सैयौं लेख लेखेका छन् भने उनका थुप्रै अनुसन्धानमुलक लेखहरु समेत प्रकाशित छन्। अन्य दुई जना सहित चन्दले सम्पादन गरेको पुस्तक “नेपाल एण्ड इट्स नेबर्स इन द चेंजिंग वर्ल्ड” हाल बजारमा उपलब्ध छ।
उनले इलेक्ट्रिकल इन्जीनियरिंगमा प्रविणता प्रमाण पत्र तह, सिभिल इन्जीनियरिंगमा स्नातक, अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तरको अध्ययन पुरा गरि हाल अन्तर्राष्ट्रिय सम्बन्धमा नै विद्यावारिधि गरिरहेका छन्।
              
              
              
              		              
FACEBOOK COMMENTS