काठमाडौं । ससद्को तल्लो सदन प्रतिनिधिसभाले दर्ता भएकाे डेढ वर्षपछि भन्सार विधेयक पारित गरेकाे छ ।
प्रतिनिधिसभाको आज मङ्गलबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक पारित गरियोस्’ भनी पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।
यो विधेयक अघिल्लो सरकारले ल्याएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १८ मा विधेयक प्रतिनिधिसभामा दर्ता गरेका थिए ।
२०८० चैत १८ मा दफावार छलफलका लागि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा पुगेको थियो । अर्थ समितिबाट पारित भएर २०८१ वैशाख १४ मा सभामा गएको थियो ।
अब यो विधेयक राष्ट्रियसभामा जान्छ । राष्ट्रियसभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछन । त्यसपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्ने विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रूपमा कार्यान्वयनमा आउने छ ।
FACEBOOK COMMENTS