काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ युरोपेली देश रुसको भ्रमणमा जाने भएका छन् ।
यही जेठ २२ देखि २३ गतेसम्म रुसको निज्नी नोभगोरोडमा आयोजना हुने ‘ग्लोबल डिजिटल फोरम’ मा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङको रुस भ्रमण स्वीकृत गरेको छ ।
FACEBOOK COMMENTS