काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कोशी, मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका ५ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
जेठ ३ गते भएको कार्यक्रममा मौवा शाखामा ४६, दुर्गाफाटमा ७१, चैनपुरमा ३८, खैरावानामा ४५, दुर्गौलीमा ५८ गरी जम्मा २५८ जनाको सहभागीता रहेको थियो ।
संस्थाले झापाको कमल गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ऐन्जल फाउन्डेसनको सहयोगमा चलेको शिविरमा काठमाडौँको सिभिल हस्पिटलबाट गएका तीन जना बरिष्ठ चिकित्सक सहित ९ जना टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
शिविरमा ४० जना भन्दा बढीले निःशुल्क सेवाको लाभ उठाउका थिए भने १६ जनाको ल्यावटेष्ट गरी सबैलाई निःशुल्क औषधि वितरण गरियो ।
ग्रामीण भेगमा रहेका निम्न वर्गीय समुदायका मानिसहरुलाई आर्थिक अभाव तथा विभिन्न कारणबाट उपचारबाट वञ्चित हुनबाट रोक्न संस्थाले उक्त शिविर सञ्चालन गरेको हो । यसबाट ग्रामीण भेगका जनताको लुकेर बसेको रोग पहिचान गरि समयमा नै उपचार गर्न सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ ।
FACEBOOK COMMENTS