२४ असार- कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका पाँचजना र मुगुका दुईजना रहेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्बर ४, ६, ७, ९, १०, १२ का चारजना महिलासहित ११ जना र बराहताल गाउँपालिका र लेकबेसी नगरपालिकाका एकरएकजना पुरुष रहेका छन् ।
दैलेखको नौमुले गाउँपालिका वडानम्बर १ र ६ का तीनजना पुरुष र दुल्लु नगरपालिका वडानम्बर ४ र १२ का दुईजना पुरुष रहेका छन् ।
दुईजना युवक भने मुगुको खत्याड गाउँपालिका-७ का हुन् । यससँग कर्णालीमा कोरोना संक्रमितको संख्या १५५० पुगेको छ ।
FACEBOOK COMMENTS