काठमाडौँ — अघिल्लो दिन झण्डै ३८ अंकले बढेको बजार बुधबार १०।१३ अंकले घटेर १ हजार ३ सय २६।५३ विन्दुमा बन्द भएको छ । उक्क दिन कारोबारमा आएका विभिन्न उपसमूहका कम्पनीहरुमध्ये व्यापार र सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा गिरावटको दबाब परेको हो ।
लडकाउनपछि खुलेको बजार बुधबारसहित दुई दिन घटेको छ । बाँकी सबै दिन उच्च अंकले बढेको थियो । करिब तीन महिनापछि यही असार १५ देखि सेयर बजार खुलेको हो । करिब साढे १९ हजार कारोबारबाट १ सय ७९ कम्पनीका २९ लाख ७७ हजार ७ सय ६ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०।९३ प्रतिशत र व्यापारमा आएका सबै कम्पनीको कारोबार मापक फ्लोट परिसूचक ०।८४ प्रतिशतले ऋणात्मक रहे ।
FACEBOOK COMMENTS