अन्जनराज न्यौपाने
तनहुँ, २५ असार – बाल विवाह गर्न गराउन लागेको भन्ने गोप्य सुचनाका आधारमा बुधबार विवाह मण्डपबाटै ५ जना प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला स्थित व्यास नगरपालिका -११ रामथुम्की भन्ने स्थानमा छिमेकी जिल्ला स्थित शहीद लखन थापा गाँउपालिकाका २३-बर्षका एक युवक र -१४ बर्षिया बालिकाको हिन्दु परम्परा अनुसार जगिया बनाएर विवाह भैरहेको भन्ने सुचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालयको विशेष टोली उक्त स्थानमा तत्कालै रमाना भएको थियो ।
त्यस स्थानमा पुग्दा प्रहरीले विवाह भैरहेको पाए पछि बेहुला सहित विवाह गराउने पुरोहित, बेहुलाका बाबू बेहुलीका बाबु र लमीलाई विवाह मण्डलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए। विवाह सम्बन्धित परिक्षेद अनुसार दफा १७३ बमोजिम मुद्दा दर्तागरि ३ बर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको तनहुँ प्रहरी प्रमुख पौडेलले जनाए ।विवाह गर्दागर्दैको अवस्थामा भेटिएकाहरुको उमेर हद नपुगेको हुदाँ स्वत : विवाह बदर हुने उनले बताए ।
कानुनी व्यवस्था अनुसार विवाहका लागि केटा र केटी दुवैको उमेर २० बर्ष पूरा भएको हुनुपर्ने कानुनी प्रावधान छ।
FACEBOOK COMMENTS