काठमाडौं । मोडल तथा कलाकार रिया गुरुङ (उज्जेली) ले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई १० हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गरेकी छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–६, हिलेखर्क केउरानी टोल निवासी गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई स्टेशनरीका सामग्री वितरण गरेकी हुन् ।
कलाकार गुरुङले यो सहयोग शिक्षा क्षेत्रको प्रोत्साहन र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनका लागि गरिएको बताइन् ।
कलाकार गुरुङले यस किसिमको सहयोगको माध्यमबाट विद्यालयका विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री प्राप्त भएको, जसले उनीहरूको शैक्षिक यात्रा थप सहज र समृद्ध बनाउनेमा विश्वस्त रहेको धारणा व्यक्त गरिन् ।
स्टेशनरी सामग्री वितरण कार्यक्रममा कन्यादेवी माविका प्रधानाध्यापक सूर्यमान गुरुङले यस अर्थपूर्ण र प्रेरणादायी सहयोगको कदर गर्दै धन्यवाद प्रकट गरे । उनले भने, ‘रिया गुरुङको यो प्रयासले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्नेछ र विद्यार्थीहरूको प्रगति र समृद्धिमा योगदान पुर्याउनेछ ।’
FACEBOOK COMMENTS