काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखासमितिले डोल्पामा निर्माण तयारीमा रहेको जगदुल्ला हाइड्रोपावरको विवादित ठेक्का प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको छ ।
आज शुक्रबार बसेको समिति बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र जगदुल्ला हाइड्रोपावर कम्पनीलाई जगदुल्लाको ठेक्का प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको हो ।
जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनी आएका गुनासोबारे प्रस्ट नभई सम्झौता अघि नबढाउन समितिको निर्देशन छ । १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावरको ठेक्कामा झूटो कागजात बनाएको आरोपमा दुईवटा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेसीई–एएनके जेभीमाथि छानविन थालेको छ ।
यस्तो छ निर्देशन–
FACEBOOK COMMENTS