अन्जनराज न्यौपाने
तनहुँ, २६ असार- जिल्ला स्थित ब्यास-७ कलेस्तीमा नयाँ ट्राफिक अस्थायी पोष्ट स्थापना गरिएको छ। अस्थायी ट्राफिक पोष्टको उद्घाटनका क्रममा बोल्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ट्राफिक पोष्ट स्थापना हुदाँ अबैध रुपले संचालन भए गरेका क्रसर,ईट्टा भट्टा,ढुङ्गा ,गिट्टी ,बालुवा उत्खनन चाँडै नै रोकिनेमा आफू विश्वस्त रहेको बताए ।नगरपालिकाको पहलमा चाँडोभन्दा चाँडो ब्यासनगरपालिकाको पृथ्वीराजमार्ग निजिकै पायक पर्ने स्थानमा जिल्ला ट्राफिक प्रहरीको भवन निर्माण गर्न जग्गा उपलब्धीका लागि नगरपालिकाले पहलकदमी लिने नगर प्रमुख न्यौपानेले बताए ।
यसैगरी ,प्रमुख जिल्ला अधिकारी बद्री नाथ अधिकारीले सदैव ट्राफिक नियमको पालना गरि दुर्घटनाबाट बच्ने र बचाउने कुरालाई आत्मसात गर्दै जिम्मेवार नागरिक बनी सचेत रहन सबैलाई आग्रह गरे। मन्तब्यका क्रममा उनले ट्राफिक प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ९ स्थानहरूमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरेकाले सवारी दुर्घटनामा कमी आउनुका साथै लागुऔंषध ओसारपसार , चोरीपैठारी, हत्या , ध्वनि प्रदुषण नियन्त्रण गर्न गराउन सहयोग पुगेको बताए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले जिल्लाको शान्ति सुरक्षा कायम राख्न ,सवारीसाधन दुर्घटना न्युनिकरण गर्न, ट्राफिक नियमको पालना गराउन सचेतना मुलक भूमिका निर्वाह गराउन अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना हुदाँ स्थानीयहरु लाभान्वित हुने बताए । यसैगरी राष्ट्रिय अनुसन्धान कार्यालय तनहुँका प्रमुख नवीन भट्टराईले कलेस्ती जस्तो अति ब्यस्त बजारमा ट्राफिक पोष्ट स्थापना गरिनु समय सान्दर्भिक भएको बताए । उनले कर्तब्य निष्ठ भै अहोरात्र खटिएका ट्राफिक प्रहरी र जनपथ प्रहरीलाई स्थानीय सबैको साथ र सहयोगको खाँचो रहने औंल्याए ।
यसैगरी ब्यास-७ का वडाध्यक्ष सतिसचन्द्र न्यौपानेले अस्थायी ट्राफिक पोष्ट स्थापना हुदाँ ब्यास नगरपालिका वडा नम्बर ५,६,७ र ८ प्रत्यक्ष लाभान्वित हुने बताए । पृथ्वी राजमार्गबाट कलेस्तीको बाटो भएर सवार गर्ने सवारीसाधन बागभज्याङ,कलेस्ति माझफाँट,दुलैपानी, दुईपिप्ले, सोतिपसल ,सिसाघाट हुँदै भोर्लैटार ओहरदोहर गर्ने हुँदा सवारीचालकहरूको प्रत्यक्ष अनुगमन र निरीक्षण गर्न सहज हुने कुरा राख्दै यसबाट करिव १० हजार यात्रुहरु लाभान्वित हुने अध्यक्ष न्यौपानेले बताए ।
बढदो सवारी दुर्घटना न्युनिकरणकालागि विना हेल्मेट मोटरसाइकल चलाउने,नम्बर प्लेट नभै सवार रहने सवारीसाधनहरु,विना लाईसन, विलबुक र ईजाजत नभएको सवारीसाधन आगमन हुन नदिन जिल्लाका विभिन्न -९ स्थानहरूमा अस्थायी ट्राफिक पोष्ट राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ प्रमुख रेशमबहादुर रानाभाटले बताए ।
FACEBOOK COMMENTS