काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा हुँदै छ ।
जेठ २८ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । दिउँसो १ बजे त्रिवि स्मृति भवनमा महाधिवेशनको उद्घाटन गर्ने कार्यसूची छ ।
महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । यस महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागेको छ । गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुका कमिटीहरूमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको थियो ।
उमेर हदका कारण वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुने भएका छन् । पाँच जना सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भण्डारी मात्रै ३२ वर्षमुनिका छन् । उनीहरू सबैको अध्यक्षमा दाबेदारी छ ।
FACEBOOK COMMENTS