काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको आफ्नो सम्बन्ध अब समाप्त भएको बताएका छन् ।
एनबीसीसँगको एक अन्तर्वार्तामा ट्रम्पले अब मस्कसँग सम्बन्ध सुधार गर्न नचाहेको पनि बताएका छन् ।
ट्रम्पको यो भनाइ सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीचको टकरावपछि आएको हो । ट्रम्प र मस्कबीचको टकराव मस्कले ट्रम्पको कर र खर्च नीतिको खुलेआम आलोचना गरेपछि सुरू भएको थियो, जुन व्यक्तिगत तहसम्म पुगेको थियो ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मस्कले अलि कडा प्रतिक्रिया दिएको तर उनी अलि नरम भएमा सबै ठीक हुने बताएका छन् । भान्सले ट्रम्पमाथि मस्कको आक्रमण ठूलो गल्ती भएको टिप्पणी गरेका छन् ।
FACEBOOK COMMENTS