मोरङ । शरीरमा आगो लगाइ इशा योगी शेर्पाको हत्या गर्ने एक जनालाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एसराज ६ वर्षपछि पक्राउ ५५ वर्षीय एसराज लामा छन् । उनलाई विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लामाले २०७६ वैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर–१६ बस्दै आएकी २१ वर्षीया ईशा योगी शेर्पाको शरीरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए । घाइते शेर्पाको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS