काठमाडौँ । यामाहा नेपालले टु ह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र यसको उत्सव मनाउन देशभरका यामाहा डिलरहरू बीचको आन्तरिक प्रतिस्पर्धा, नेशनल सेल्स स्कील कन्टेस्ट २०८२ आयोजना सम्पन्न गरेको छ । २५ जेठमा आयोजित यस कन्टेस्टले देशभरका शीर्ष बिक्री पेशेवरहरूलाई एकै ठाउँमा ल्याएको थियो जसले तीव्र क्षेत्रीय प्रतिस्पर्धाहरू मार्फत नेशनल फाइनलमा आफ्नो स्थान हासिल गरेका थिए ।
यामाहा नेटवर्कभित्र बिक्री क्षमताको मूल्याङ्कन र सुधार गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता अटो बेसिक्स, उत्पादनको ज्ञान, प्रतिस्पर्धाको जानकारी, बिक्री प्रक्रिया, भाइभा र उत्पादन प्रदर्शन गरी छवटा मुख्य विधामा आधारित थियो । एक दिनको तीव्र प्रतिस्पर्धा र व्यापक मूल्याङ्कनपछि उत्कृष्ट तीन प्रतिभाहरूले उपाधि जित्न सफल भए–
१. समुन्द्र पंगेनी – भी.ए.डब्लू इन्टरप्राइजेज, पोखरा – विजेता, नगद रु. ३०,०००
२. प्रमिला श्रेष्ठ – एल. एस. इन्टरप्राइजेज, ललबन्दी – फस्र्ट रनरअप, नगद रु. २०,०००
३. विकास रञ्जितकार – द व्हिल्स, सल्लाघारी – सेकेन्ड रनरअप, नगद रु. १०,०००
सबै नेशनल फाइनलिस्टहरूलाई उनीहरूको मेहनत, पेशागत प्रतिबद्धता र यामाहाको ‘कस्टमर फर्स्ट’ फिलोसोफीप्रति समर्पणको कदरस्वरूप प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरियो ।
पुरस्कारहरू एमडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल र ह्युमन रिसोर्स विभाग प्रमुख शम्भुप्रसाद कोइरालाले वितरण गरे । सो अवसरमा बोल्दै सीईओ अग्रवालले भने, ‘हाम्रा जनशक्ति नै यामाहा नेपालको सफलताको मुख्य आधार हुन् । यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, हाम्रा सेल्स प्रोफेसनलहरूको अनुशासन, उत्साह र ज्ञानको उत्सव पनि हो । एक उच्च–प्रविधियुक्त विश्वस्तरीय ब्रान्ड हुनुका नाताले यामाहा निरन्तर सिकाइ र क्षमता विकासमा विश्वास राख्दछ । एमडब्ल्यू राइड्सले आफ्ना जनशक्तिमा निरन्तर लगानी गर्नेछ किनकि उनीहरू नै यामाहाको विश्वव्यापी गुणस्तरलाई ग्राहक अनुभवमा रूपान्तरण गर्ने आधारहरू हुन् ।’
एमडब्ल्यू राइड्सको नेतृत्वमा यामाहा नेपाल आज नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे सवारी ब्रान्डमध्ये एक बनेको छ । उन्नत जापानी प्रविधि, भरपर्दो सेवा र उत्कृष्ट आफ्टर सेल्स सर्भिससहित यामाहाले प्रदर्शन, शैली र ग्राहक सन्तुष्टिमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ । ब्रान्डले देशभर उच्चस्तरीय ग्राहक अनुभव दिन र दक्ष जनशक्ति विकास गर्न निरन्तर प्रतिबद्धता जनाउँदै आएको छ ।
FACEBOOK COMMENTS