काठमाडौं । चौथो ठूलो दल रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन् ।
छलफलमा कानुन, न्याय तथा संसदीय मामिल मन्त्री अजयकुमार चौरसिया, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसकी सुशीला थिङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक ज्ञानबहादुर शाही सहभागी छन् ।
मङ्गलबार स्थगित गरिएको बैठक आज बिहान ११ बस्ने कार्यतालिको थियो । तर, अहिलेसम्म बैठक सुचारू भएको छैन ।
मङ्गलबार रास्वपा सांसदहरू नीलो रिबनसहित संसद उपस्थित भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको थियो । त्यसपछि सभामुख घिमिरेले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।
FACEBOOK COMMENTS