काठमाडौं । पर्सा प्रहरीले काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकलाई लागुऔषध चरेशसहित नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका अधारमा प्रहरी चौकी सिर्सियाको टोलीले वीरगञ्ज महानगर–२१, परवानीपुर चोकबाट ट्रकसहित चालक बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको हो ।
ट्रकमा लागुऔषध चरेश १३ पोकामा ३१९ केजी फेला परेको छ भने चालक स्याङ्तानबाट एक लाख ९२ हजार रुपैयाँ नगद बरामद भएको छ ।
प्रहरीले पर्सा जिल्ला अदालतबाट पाँच म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS