काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सवको अवसरमा असार २३ गते निर्मल निवास सबैका लागि खुलाइने भएको छ ।
शाहको सम्बाद सचिवालयले उक्त जानकारी गराएको हो ।
जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि शाहको निजी निर्मल निवासमा सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।
असार २३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घ संस्थाका लागि खुला गराइन लागेको हो ।
FACEBOOK COMMENTS