काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले निष्कासन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।
आवेदनकर्ताले आज कार्यालय समयसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले जेठ ३० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको थियो ।
कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँको आईपीओ निष्काुन गर्न लागेको हो । जसमा १ करोड ८६ लाख ५० हजार रुपैयाँको १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको छ ।
आईपीओमा ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका-२, साविक गोली गाविस- १, २, ३, ४, ५ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
९३ लाख २५ हजार रुपैयाँको ९३ हजार २५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS