काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पोष्टले खुसी बनेकी गायिका समिक्षा अधिकारी एमालेका नेता महेश बस्नेतको फेसबुक स्टाटसले भने बिक्षिप्त बनेकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त कुरा लेखेकी छिन् ।
उनले भनेकी छिन्
सम्माननीय प्रधानमन्त्रीज्यू,
हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो।
तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।
जनताको अदालत भन्दा ठुलो अरु केहि छैन। जीन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्ने नपार्नुस्।
बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउथ्यो।।।रु
FACEBOOK COMMENTS