काठमाडौं । आज सङ्घीय संसदका पाँच समितिको बैठक बस्दै छन् ।
आज प्रतिनिधिसभाका पूर्वाधार विकास समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छन् ।
आज दिउँसो २ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारबाही सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
त्यस्तै, बिहान ११ बजेदेखि बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन दर्ता गराउने सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।
त्यसैगरी, बिहान ११ बजेदेखि बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजनाबारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यसैगरी, बिहान ११ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि आन्तरिक छलफल हुने कार्यतालिका छ ।
त्यस्तै, बिहान ११ बजेदेखि सुरू हुने पूर्वाधार विकास समितिको बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीको पुलको विषयमा छलफल हुने कार्यसूची छ ।
FACEBOOK COMMENTS